Author: NMSA
Date: Jan 18, 2026
नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको आयोजना, नौबहिनी गाउँपालिका, प्युठानको आर्थिक सहयोग र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको प्राज्ञिक संयोजनमा "स्थानिय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण सम्बन्धि कार्यशाला गोष्ठी-२०८२" सम्पन्न भएको छ ।
संघका अध्यक्ष राजु पुनमगरको सभाध्यक्षता, नौबहिनी गाउँपालिका, प्युठानका श्रध्देय अध्यक्ष दिल बहादुर थापामगरज्यूको प्रमुख आतिथ्यतामा र संघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार विद्वान व्यक्तित्व डा. भोजबिक्रम बुढामगरज्यू विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
कार्यशाला गोष्ठीको बारेमा नेपाल मगर लेखक संघका अध्यक्ष, मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानका महासचिब, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. विष्णुकुमार संजालीमगरज्यू ले प्रष्ट पार्नु भएको हो । कार्यक्रममा नेपाल मगर संघको तर्फबाट भाषिक उपाध्यक्ष आदरणीय श्री जिवनप्रवेश रोकामगरज्यूले मगर खाम भाषा सम्बन्धी हाल सम्म संघले गर्दै आएका गतिविधि तथा चुनौतीमा बारेमा राख्नु भएको हो । त्यसै गरि पालिका उपाध्यक्ष बिस्ना थापा र प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर बिकज्यूले पनि आफ्ना भनाईहरु राख्नु भएको हो । गोष्ठीमा शिक्षा शाखा प्रमुख मेघ राज बोहरा, नेमस प्युठानका निवर्तमान अध्यक्ष देवीराम पुनमगर, कोषाध्यक्ष पूर्ण गमाल मगर, नेमविस प्युठान अध्यक्ष सन्जय घर्तीमगर, लगायत पालिकाका विद्यालयका प्र.अ. वि व्य स अध्यक्ष लगायत शिक्षक विद्यार्थी सहित सरोकारवालहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य नेमविस लुम्बिनी प्रदेश उपाध्यक्ष सुशिला घर्तीमगरले दिइए, संचालन केन्द्रीय सदस्य सुशील बुढामगरज्युले गर्नु भएको थियो ।
कार्यशाला गोष्ठीले थप सरोकारवालाहरु संग छलफल गरि आगामी शैक्षिक सत्र देखि मगर खाम भाषामा पालिकामा स्थानीय पाठ्यक्रम निर्माण गरि पठनपाठन गर्ने गराउने प्रतिबद्धता पालिका अध्यक्ष ज्यु ले भएको छ ।
यो ऐतिहासिक कार्यक्रमका आर्थिक सहयोग गर्ने नौबहिनी गाउँपालिका, प्युठान परिवार, प्राज्ञिक संयोजन गर्ने मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान परिवार लगायत प्रत्यक्ष अप्रत्यक्ष साथ गर्नुहुने सम्पूर्ण लाइ नेपाल मगर विद्यार्थि संघ का अध्यक्ष राजु पुन मगर ले धन्यवाद दिनुभयो ।